शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी मोडेल | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी मोडेल

काठमाडौं, १० मंसिर । विद्यालयको अवधारणा ल्याएको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभरी निशुल्क बस सेवा सुरु गरेको छ । बिहिबार उक्त दुईवटा बसको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाद्वारा विधिवत रुपमा उदघाटन गरेर सञ्चालनमा ल्याईएको हो ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा सुरुआत गरेको जनाएको छ । एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

पालिका शिक्षा शाखाका अनुसार एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा १२३ जना र कक्षा १२ मा १०८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । गाउँपालिकाको गत वर्ष ६० लाख रुपैयाँ विनियोजित गरी दुईवटा बस खरिद गरेको उसले जनाएको छ ।

सिकाई केन्द्रका अनुसार बस सञ्चालन गर्दा लाग्ने इन्धन, चालक तथा मर्मत खर्च समेत गाउँपालिकाले नै व्यहोर्ने छ । त्यस्तै विद्यार्थीलाई निशुल्क शिक्षा सेवा दिने कुरा यस अघिनै घोषणा गरिसकेको छ । दुइ वटा बस मध्ये एउटा बसले हेलम्बु ६, इचोकदेखिको विद्यार्थीलाई सेवा दिने र भने अर्को बसले वडा नं. ४ र ५ का विद्यार्थीलाई दिने भने वडा नं. २, किउल रुटमा पर्ने विद्यार्थीलाई सेवा दिने जनाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);