काठमाडौं, १० मंसिर । सम्पर्कमा नआएका २६ जना प्रहरीलाई कार्यालयमा हाजिर हुन ७ दिनको समय दिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारी गर्दै हाजिर हुन नआएका २६ कर्मचारीलाई सम्पर्कमा आउन चेतावनी दिएको हो ।
प्रहरीको नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पुरा गरी सुचना टाँस भइसक्दा पनि उनीहरु सम्पर्कमा नआएको सुचनामा भनिएको छ ।
७ दिनभित्र उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ ।