वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छः उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं, ९ मंसिर ||
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले वन क्षेत्रका प्रमुख चुनौति दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताउनु भयो । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौति देखिएको बताउनु भयो । उहाँले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताउनु भयो । उहाँले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएको बताउनु भयो । उहाँले मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताउनु भयो । उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);