सकियो सिंहदरबार प्रबलीकरण | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सकियो सिंहदरबार प्रबलीकरण

काठमाडौँ, मङ्सिर ७ गते । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।

प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा ९उत्तरी, पूर्वी र दक्षिणी भाग० स्थानान्तरण भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय नयाँ भवनमा सरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ ठाउँबाट काम गर्दा नयाँ ऊर्जा प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले नयाँ भवनबाट राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रेरणा मिल्ने बताउँदै मुख्यसचिव, सुरक्षाकर्मी, सबै कर्मचारीलाई नयाँ उत्साहसाथ राष्ट्र र जनताका पक्षमा सेवा गर्ने अवसर भएको बताउनुभयो ।

“प्रधानमन्त्री कार्यालय पछिल्लो भागबाट अगाडि सारिएको छ । यो खाली ठाउँ मात्रै सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्पका रूपमा महसुस गरेको छु,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’ भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’ का रूपमा विकास गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष, क्याबिनेट हल, एक्सन रुम, उद्घाटन तथा सम्बोधन कक्ष, स्टुडियो, अराम कक्ष निर्माण गरिएका छन् । त्यसै गरी मुख्यसचिव र प्रधानमन्त्री कार्यालय अन्तर्गतका सचिवका लागि छुट्टाछुट्टै कक्षको निर्माण गरिएको छ । त्यसै गरी भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै मासिक रूपमा हुने सचिवका बैठकका लागि कक्ष निर्माण गरिएको छ । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्टसमेत जडान गरिएको छ ।

पूर्वी मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृति रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्टिलको प्रयोग गरी भवनको ‘स्ट्रेन्थिङ’ गरी सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको छ ।

उहाँले विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको प्रबलीकरण पनि तत्कालीन शैलीमा गरिएको जानकारी दिनुभयो । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको प्रबलीकरणका व्रmममा पुराताŒिवक सम्पदाको संरक्षण गरिएको छ । नियो क्लासिकल युरोपियन शैलीमा प्रबलीकरण गरिएको यस मोहडाको प्रबलीकरण खर्च करिब ५० करोड रुपियाँ रहेको छ ।

सिंहदरबारको पश्चिमी खण्ड राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको २०३० सालको आगलागीबाट बँचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनर्निर्माण गरिएको थियो । आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जिर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबारको निर्माण गर्न लगाउनुभएको थियो । १२० वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा गरिएको हो । गोरखापत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);