आज हरिबोधिनी एकादशी,तुलसीको विवाह गरी मनाउने परम्परा | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

आज हरिबोधिनी एकादशी,तुलसीको विवाह गरी मनाउने परम्परा

काठमाडौं, ७ मंसिर । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, सनातन धर्मावलम्बीहरुले भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन्।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने परम्परा छ । एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न अर्थात नयाँ अन्नको हवन गर्ने परम्परा छ । आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनेको पुराणमा उल्लेख छ।

विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य र बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ । अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने धार्मिक मान्यता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);