काठमाडौं, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न भएको छ । सूर्यदेवलाई बिहानै अघ्र्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन् ।
छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरुले आईतवार अस्ताउँदो सूर्यदेवलाई अघ्र्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएका हुन् । छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।