एजेन्सी, ६ माघ । ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पताल भर्ना भएको खबर झूटो साबित भएको छ । पेलेका नजिका सल्लाहकारले पेले अस्पताल भर्ना भएको खबर झुटो भएको बताएका छन् ।
“मलाई थाहा छैन कि ती समाचारहरू कसले आविष्कार गर्यो। उनि यो हप्ता कारमा रियो डी जनेरियोको यात्रा गरेकाले थकित भएका थिए। उनको घरमै शारीरिक थेरेापी भइरहेको छ” , उनका सल्लाहकारले बताए ।
तीन विश्वकप जित्न सफल एकमात्र खेलाडी पेलेलाई संसारकै महान् खेलाडीको रूपमा मानिन्छ । उनले २१-वर्षको क्यारियरको दौरान १,३६३ खेल बाट १,२८१ गोल गरे जस मध्य ७७ गोल ब्राजिलको लागि गरेका थिए ।