इङ्लिस प्रिमियर लिगमा आज आठ खेल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इङ्लिस प्रिमियर लिगमा आज आठ खेल हुने

एजेन्सी, ६ माघ । इङ्लिस प्रिमियर लिगमा आजराति ८ वटा खेल हुँदैछन् ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासलसँग प्रतिस्पर्धा गर्दै छ । म्यानचेस्टर सिटीको २३ खेलबाट २० जितसहित ६२ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले बन्र्लेसँग प्रतिस्पर्धा गर्दै छ । म्यानचेस्टर युनाइटेडको ५० अंक छ भने बन्र्ले ३४ अंकसहित सातौं स्थानमा छ ।

चौंथो स्थानको चेल्सीले ब्राइटन, छैटौं स्थानको आर्सनलले क्रिस्टल प्यालेस र आठौं स्थानको लेस्टर सिटीले वाटफोर्डको सामना गर्दै छन् । वेस्टह्याम र बर्नमाउथ, एभरटन र वेस्ट ब्रोम तथा स्टोक र हडर्सफिल्डबीचको खेल पनि आजै हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);