संसद भवन एकले अर्कालाई गाली गर्ने थलो भएको चन्द्र भण्डारीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

संसद भवन एकले अर्कालाई गाली गर्ने थलो भएको चन्द्र भण्डारीको टिप्पणी

काठमाडौं, २ मंसिर । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ । शुक्रवारबाट रुपन्देहीमा शुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उहाँले संघीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गर्नुभयो । सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढदै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिनुभयो ।

वरिपरी जनतालाई गरिवी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उहाँले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताउनु भयो । सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ । कहिले को आउँछ, कहिले को आउँछ ? तर यो जनताको सबैभन्दा नजिकको छ । तर यससँग बजेटको कमी छ । यहाँ टयाक्स उठाउ भने अर्को चोटी भोट दिँदैन । हामीले अधिकार सम्पन्न गरेका छौं । तर ऐन, कानूनहरु पूरा बनाउन सकेका छैनौं । सदनमा झगडा हुने हो । एकले अर्कालाई गाली गर्ने मात्रै हो । गुनासो मात्रै हो । मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ । मुलुुक यसरी बन्छ, मुलुक यसरी बनाउनु पर्छ । यति कलिला मेयरहरुको भन्दाभन्दै कपाल फुल्छ कि भन्ने मलाई डर छ । यस्तो स्थिति छ । यसलाई अब हामीले बनाउनु पर्नेछ । संविधान त राम्रो बनायौं । अहिले व्यापारी, उद्योगपतिहरु, किसानहरु सबैभन्दा बढि मर्कामा छन् । वरीपरी जनतालाई गरिव बनाएर, जनतालाई लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुन सक्दैन । यो हाम्रो सिद्धान्त हो । त्यसकारणले म भन्दैछु–जे दिन थिए,थिए । अव हामीले धेरै दिन यो अराजकता, धेरै दिन यो लुटतन्त्र हामीले रहन दिँदैनौं ।’

सांसद भण्डारीले व्यापारी, उद्योगपतिहरु र किसानहरु मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरुलाई साथ दिएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);