काठमाडौं, १ मंसिर । टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुुगेको छ । अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर आज सर्वोच्च गएका हुन् ।
उनको रिट दर्ता प्रक्रिया रहेको बुझिएको छ । टिकटक बन्द हुनु संवैधानिक लोकतन्त्र,नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार नभएको त्रिपाठीको ठहर छ ।
टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै सो निर्णय बदरको माग गरेका हुन् ।