दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना,२० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना,२० जना घाइते

काठमाडौं,१ मंसिर । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह–८ ८ भलुहीमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम खाल्को रहेको छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);