इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैनः सभापति लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैनः सभापति लामिछाने

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताउनु भयो । उहाँले इतिहास जस्तो भएपनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ एपका माध्यमबाट समय सापेक्ष रुपमा हरेक कुराको जानकारी दिने शुरुवात गर्नुभएको छ । यो अत्यन्त समयसापेक्ष छ । ठाउँका नामहरु मौलिक रुपमा राख्ने जुन एउटा शुरुवात गर्नुभएको छ । आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्यमान्यता शक्तिशाली मानिसको हातमा परेको छ । इतिहासलाई जोगाउन पर्छ । इतिहास जस्तो भएपनि आफ्नै मूल्य हुन्छ, इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र, समाजको भविष्य उज्यालो हुन सक्दैन ।’

सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शंखधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);