झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छः मन्त्री गुरूङ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छः मन्त्री गुरूङ

काठमार्डौ, २४ कार्तिक ||
शहरी विकासमन्त्री सीता गुरूङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरूङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा झोलुङ्गे पुलहरु केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने बताउनु भयो । एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले झोलुङ्गे पुललाई नागरिकको जनताको आय–आर्जनसँग जोड्नुपर्ने पनि बताउनु भयो । उहाँले भुगोल अनुसार कहाँ के को व्यवसायिक खेती गर्न सकिन्छ भनेर सूचिकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);