अब सामाजिक सञ्जालमा यी कार्य गर्न नमिल्ने (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

अब सामाजिक सञ्जालमा यी कार्य गर्न नमिल्ने (सूचीसहित)

social-media

काठमाडौं, २४ कात्तिक । सरकारले अब सामाजिक सञ्जालमा निगरानी गर्ने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न हुने या नहुने १९ बुँदा रहेको छ । सामाजिक सञ्जालले नेपालमा कार्यालय राख्नुपर्ने या कुनै सम्पर्क निकाय स्थापित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

नेपालमा प्रयोग हुने सामाजिक सञ्जालले गर्न नहुने बुँदा निम्न रहेका छन् ।

१. फेक आइडी सृजना गर्ने
२. फेक आइडीमार्फत् विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा टिप्पणी गर्ने
३. कसैमाथि घृणा फैलाउने गतिविधि गर्ने
४. बालश्रम, मानवबेचबिखन, बहुविवाह, बालविवाह जस्ता गतिविधि प्रोत्साहित गर्ने
५. हिंसा र सामाजिक सदभाव फैलाउने विषयवस्तु राख्ने
६. अरुको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन या प्रसारण गर्ने
७. निजी मामलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्ने
८. अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन या टिप्पणी गर्ने
९. बालबालिकालाई हानी पुग्ने सामाग्री
१०. दुष्प्रचार, भ्रामक सूचना प्रसारण गर्ने
११. साइबर बुलिङ
१२. लागूऔषध सेवनको कारोबार
१३. जुवा खेलाउने या प्रोत्साहन गर्ने
१४. आतंकवाद सम्बन्धी विषयवस्तु
१५. अरुको आइडी तथा सूचना ह्याक गर्ने
१६. फिसिङ, इम्पोस्टर जस्ता कार्य
१७. विभत्स तस्बिर या भिडियो पोस्ट या सेयर
१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरुको विज्ञापन तथा कारोबार
१९. प्रचलित कानुनले निषेध गरेका क्रियाकलाको नक्कल तथा सेयर

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);