उद्योग वाणिज्य महासंघले गर्यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

उद्योग वाणिज्य महासंघले गर्यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना

काठमाडौं, २३ कार्तिक ||
नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ । महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्युनिकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो । जलवायु परिर्वतन ल्याउनका नेपालले भुमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताउनु भयो । उहाँले नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा आएर हिमालयहरुको बेस क्यामको अवलोकन गर्नु जलवायु परिवर्तनले नेपालमा ठूलो असर गरेको संकेत गर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सिमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको बताउनु भयो। उहाँले विकास निर्माणका कामहरुमा पनि कम क्षति हुने गरेर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारका वातावरणिय क्षेत्रका काम गर्ने निकायहरुले समग्र सबै क्षेत्रलाई समेटेर नीतिहरु बन्नुपर्ने भएपनि आफ्नो संस्थाको मात्रै हित हुनेगरी नीतिहरु बन्ने गरेको बताउनु भयो । अध्यक्ष ढकालले नेपालमा जलवायु परिवर्तनको कारण परेको असर न्युनिकरण गर्न सरकार र समग्र निजी क्षेत्र समन्वय गरेर लाग्न आवश्यक रहेको बताउनु भयो ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्ने कुरामा महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गरेको खर्चको हिसाब राखेपनि निजी क्षेत्र यो क्षेत्रमा गरेको योगदानको रेकर्ड सरकारसँग नभएको बताउनु भयो। उहाँले दिगो विकास लक्ष्य पूरा गर्ने अहिलेसम्म सरकार र निजी क्षेत्रबाट यति बजेट छुट्याएको भन्ने कुरा अहिलेसम्म नपाएको बताउनु भयो । सभापति पन्तले सरकारले निजी क्षेत्रबाट अपेक्षा गर्ने तर भुमिका नदिने काम गरेको आरोप लगाउनु भयो । उहाँले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गरेको कामको सरकारले ओनरशिप लिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय दिगो विकास भित्रको जलवायु परिवर्तनको कुराहरु प्राथमिकताका साथ उठेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएर हिमालहरुको अवलोकन गरेपछि नेपालमा जलवायु परिवर्तनबाट परेको असरको विषयमा विश्वभरको ध्यानकेन्द्रित भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);