ठूलो मात्रामा ब्राउनसुगरसहित बनबासाका व्यापारी गड्डाचौकीमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

ठूलो मात्रामा ब्राउनसुगरसहित बनबासाका व्यापारी गड्डाचौकीमा पक्राउ

पुष्कर भट्ट
कञ्चनपुर, २१ कार्तिक
सीमावर्ति भारतीय बजार बनबासाका १ व्यापारी घातक लागुऔषध ब्राउनसुगरको ठूलो मात्रासहित पक्राउ परेका छन् । बनबासाबाट नेपाल आउँदै गरेको अवस्थामा बनबासाको मिना बजारका मोबाइल व्यवसायी धर्मेन्द्र ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ९।३३ ग्राम ब्राउनसुगरसहित उनी पक्राउ परेका हुन् । यो मात्रा केही समययता वरामद गरिएको सबैभन्दा ठूलो मात्रा भएको प्रहरीको भनाई छ । धर्मेन्द्रले २ वटा प्याकेटमा लुकाएर सो परिमाणको ब्राउनसुगर नेपाल भित्र्याउन खोजेका थिए । ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि उनको साथमा रहेको एउटा मोबाइल र उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);