शीर्ष नेताहरुको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकजुट भएर उभिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शीर्ष नेताहरुको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकजुट भएर उभिने

काठमाडौं, २१ कार्तिक
प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको भन्दै जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको गुनासो गर्नुभयो । ठूलो शक्ति नभए पनि समाज विगारिरहेको भन्दै उहाँले जरुरी प¥यो भने मुखरित भएर जानुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सबै सहभागीले गणतन्त्रप्रति प्रतिवद्धता जनाउनुभएको थियो । जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा उहाँहरु एकमत देखिनुहुन्थ्यो । कांग्रेस सभापति देउवाले आफ्नो दलले कुनै समय संवैधानिक राजतन्त्र मानेको भएपनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिसकेको भन्दै सनातन धर्मबारे पार्टीमा छलफल भएपनि कुनै निर्णय नलिएकाले धर्म निरपेक्षताबारे पनि कांग्रेसले अहिले फरक निर्णय नगर्ने प्रष्ट पार्नुभयो । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले गणतन्त्र विरोधी शक्तिलाई आफूहरुले कुनै साथ नदिने बताउनुभएको थियो । बैठकपछि प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको जिकिर गर्नुभयो । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको प्रष्ट पार्नुभयो । नेकपा एमालेका सचेतक महशे बर्तौलाले सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले सरकारका कतिपय अकर्मण्यताका कारण देशमा भइरहको गतिविधिबारे पनि ध्यानाकर्षण गराएको जानकारी दिनभयो । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले छिटपुट देखापर्न खोजेका प्रभावको मिलेर प्रतिवाद गर्ने निस्कर्षमा नेताहरु पुगेको उल्लेख गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);