काठमाडौँ, २१ कात्तिक । गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितहरुको लागि राहत जुट्ने क्रम जारी छ । विभिन्न राजनीतिक दलहरूले राहत रकम घोषणा गरे अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् ।
आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले मानवीय र भौतिक रुपमा ठुलो क्षति गराएको छ ।