युरोपियन युनियनले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो वृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

युरोपियन युनियनले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो वृद्धि

काठमाडौं, २१ कात्तिक । युरोपियन युनियन इयुले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो वृद्धि गरेको छ । इयुकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो वृद्धि गरेको जानकारी दिदै अब गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गरिने बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँगको छmफलमा इजिप्टबाट गाजामा सहायताको प्रवाह कम रहेको र र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न प्रयास भइरहेको जानकारी दिनु भयो ।

इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताउनुभएको छ । हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको भन्दै लेयनले यसको निन्दा गर्नुभयो । उहाँले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने स्पष्ट गर्नुभयो ।

इजरायली सेनाले गाजामा प्यालेस्टिनी लडाकू लक्षित आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अक्टोबर ७ यता इजरायली बमबारीमा मृत्यु हुनेको संख्या १० हजार २२२ पुगेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);