काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज चीन प्रस्थान गर्दैछन् । नेता नेपाल मंगलबार राति चीन तयारी रहेको छ ।
नेपालसहित १४ जनाको टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा जान लागेको हो । नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्ने कार्यक्रम रहेको छ ।
नेपाली समय अनुसार मंगलबार साँझ चाइना इष्टनको काठमाडौं–खुमनिङ सीधा उडानबाट चीन जानेछन् । अध्यक्ष नेपालको टोलीले बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ । टोलीमा कृषिमन्त्री डा. बेदुराम भुषाल पनि सहभागी रहने छन् ।
कार्तिक २८ गते फर्किनुअघि नेपालको टोलीले दुई राजनीतिक दलबीचको सहकार्यका बारेमा छलफल गर्ने भएको छ ।




