काठमाडौं, २१ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८५ पैसा र विक्रिदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रिदर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रिदर ८६ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।