नारायणगढ–मुग्लिन सडक : माघ १३ देखि दिउँसो १०-४ बजेसम्म बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

नारायणगढ–मुग्लिन सडक : माघ १३ देखि दिउँसो १०-४ बजेसम्म बन्द हुने

काठमाडाैं, ५ माघ ।  नारायढणगढ– मुग्लिन सडक खण्ड आगामी माघ १३ गतेदेखि दिउँसो १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएकाे छ । सडक निर्माणको कामलाई तीव्रता दिन सडक बन्द गर्न लागिएको हो । निर्माणको काम सुरु भएको दुई बर्ष हुन लाग्दै गर्दा समेत सो सडक खण्ड निर्माणको काम सकिएको छैन ।

उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु घण्टौ जाममा पर्ने गरेका छन् । आयोजनाले कामलाई तिब्र पार्न पटक पटक सडक बन्द गरेर काम गर्दै आइरहेको छ । अहिले रातीको समयमा सवारी आवागमन बन्द गरेर काम गर्दै आएको आयोजनाले अब दिउँसो सडक बन्द गरेर सडक बिस्तारको काम गर्ने भएको छ ।

सडक बिस्तारको कामलाई तिब्र पार्न उक्त सडक खण्ड अब दिउँसो १० बजेदेखी ४ बजेसम्म बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रवार बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारी र सुरक्षा निकाय सहितको बैठकले माघ १३ गतेदेखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ ।

रातीको समयमा काम गर्दा उपलब्धी अपेक्षित नभएको भन्दैं दिउँसोमा सडक बन्द गरि काम थाल्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनु भयो ।

२०१५ को अप्रिलमा सुरु भएको सडक निर्माण कामको सम्झौता पटक पडक म्याद थपिदै आएको छ । पछिल्लो म्याद अनुसार फेब्ररी २० तारिख सम्ममा काम सकिसक्नुपर्ने हुन्छ तर उक्त समयभित्र काम नसकिने प्रष्ट देखिएको छ । समय अवधि सकिन जम्मा १ महिना मात्रैं बाँकी रहँदा काम भने जम्मा ७१ दशमलब १ प्रतिशत मात्रै  सम्पन्न भएको छ ।

अहिले सम्म ९२ प्रतिशत काम सकिने लक्ष्य लिइएको थियो । तर बिभिन्न समस्याले गर्दा जम्मा ७१ प्रतिशत काम भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । पछिल्लो समय निर्वाचनको समयमा भने कामै रोकेर यस सडक खण्डको आवागमन सुचारु गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);