कञ्चनपुर ट्राफिक प्रहरीद्धारा ट्राफिक सचेतना सप्ताहको आयोजना | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

कञ्चनपुर ट्राफिक प्रहरीद्धारा ट्राफिक सचेतना सप्ताहको आयोजना

पुष्कर भट्ट, कार्तिक २० । सडक दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आयोजना गरेको छ । सोमवार ट्राफिकको कार्यालयमा उदघाटन कार्यक्रम तथा प्रभात फेरी गर्दै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको शुभारम्भ गरिएको हो ।

उक्त प्रभात फेरी कार्यक्रम ट्राफिक चोकदेखी प्रशासन कार्यालय, महाकाली प्रादेशिक अस्पताल, बजार एरिया, मदन चोक, दशरथ चोक, हुँदै बसपार्क बाट पुनः ट्राफिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । प्रभात फेरीमा सचेतना मुलक व्यानर,प्ले कार्डसहित जिल्ला प्रहरी कार्यालय, स्थानिय तह, समाजसेवी, बिद्यार्थी पत्रकारहरुको सहभागिता रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले सोमवार उदघाटन गरिएको यो कार्यक्रम सात दिन सम्म बिभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाईने बताए । उनले सवारी चालक, अटो चालकहलाई प्रशिक्षण दिईने, सडकमा ट्राफिक सचेतना सहितका बोर्डहरु राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाउने बताए ।

यातायात कार्यालयसंग समन्वय गरी सवारीसाधनको यान्त्रीक परिक्षण गर्ने, लामो तथा छोटो दुरीका चालकहरुको स्वास्थ्य परिक्षण गर्ने, पर्चा पम्पलेट माईकिङ आदी कार्य सप्ताहव्यापी गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर प्रमुख विकले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पूर्व पश्चिम राजमार्ग लगायतका अन्य सडकहरुको स्तोन्नती नभएको चालकहरुमा सडकमा हिँडने हामीमा पनि अनुसासन, अनुभवको कमी रहेको बताए ।
साथै हामी सडकलाई प्रयोग गर्ने आम जनसमुदायहरुले पनि ट्राफिक नियमको पालना नगर्दा समस्या उत्पन्न भई दुर्घटना हुने बताए । साथै सडकलाई मिचेर संरचना निर्माण गरिनु, सडकमा सामुदायिक पशुचौपाय छोड्नुले पनि हरेक दिन दुर्घटनाको जोखिम रहेको उनले बताए । साथै हामीले प्रयोग गर्ने यातायातका सवारी साधनहरु निकै पुराना हुने, सवारी साधनलाई परिक्षण चेकजाँच नगर्ने भएर पनि दुर्घटना बढ्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले सवारी साधन प्रयोगकर्ताहरु, सडक प्रयोगकर्ताहरुलाई जानकारी दिन र साथै आम जनताहरुको सुरक्षाका लागी पनि यो जनचेतना मुलक कार्यक्रम अति आवस्यक रहेको बेलामा यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

अहिले दुर्घटनाको अवस्था देशैभरमा बढी रहेको बेलामा सबैलाई सचेतना हुन आवस्यक रहेको र सबैले सचेत भईदिने हो भनेपनि दुर्घटना घटदै जाने उनले बताए । सप्ताह व्यापी बिभिन्न कार्यक्रम गर्दे यो कार्यक्रम गरिने र सबैलाई टाफिक नियमको पालना गर्ने, जानकारी दिने, लगायतका कार्यक्रम हरु रहेको उनले बताए । साथै सबैले आआफना घरमा पनि जानकारी दियो भनेपनि सबै सुरक्षित हुने एसपी थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);