माओवादीले गर्यो मंसिर २२ गतेको जनप्रदर्शन स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

माओवादीले गर्यो मंसिर २२ गतेको जनप्रदर्शन स्थगित

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गर्ने भएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

माओवादीको अनुसार मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको हो । स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् राखिएका छन् ।

माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);