गाजामा युद्धविराम हुँदा हमासलाई पुनः संगठित गर्न सक्षम बनाउँछ : ब्लिन्केन | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

गाजामा युद्धविराम हुँदा हमासलाई पुनः संगठित गर्न सक्षम बनाउँछ : ब्लिन्केन

काठमाडौं, १९ कात्तिक । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

जोर्डनको राजधानी अम्मानमा जोर्डनका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । उनले “हमास आन्दोलन विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको लागि आफ्नो देशको समर्थनलाई पुनः पुष्टी गर्दै प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको आवश्यकतामा जोड दिनुभयो । उहाँले इजरायल–हमास द्वन्द्वमा कुनैपनि थप देशलाई नयाँ मोर्चा खोल्नबाट रोक्न अमेरिकाले आफ्नो प्रभावको फाइदा उठाउने बताउनु भयो ।

 

त्यस्तै जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले गाजामा जारी इजरायली आक्रमणलाई आत्म–रक्षाको रूपमा वर्णन गर्न अस्वीकार गर्नुभयो । प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभयो ।

इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका दुर्भाग्यपूर्ण हत्याका घटनाहरूलाई न्यायोचित बनाउन नसकिने भन्दै बिना शर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गर्नुभयो ।

 

उहाँले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । जोर्डनले शनिवाार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेश मन्त्रीहरू साथै प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवबीच छलफल गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);