काठमाडौं, १७ कात्तिक । किशोरीमाथि सामुहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका २ जना प्रशिक्षकलाई अदालतले दोषी ठहर गरेको छ ।
कराँतेका प्रशिक्षकहरु विराटनगर महानपालिका-४ का सअमर सुवेदी र विराटनगरका विनोद राउतलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।
गत ०७९ भदौदेखि पुर्पक्षका लागि थुनामा रहेका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको थियो ।
राखेपका स्थायी प्रशिक्षक २ जनाले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा पुराएर सामुहिक करणी गरेका थिए ।
सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।