काठमाडौं, १६ कार्तिक ||
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको रणमैदान हुने त होइन ? भन्ने चिन्ता लागेको बताउनु भयो । उहाँले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनतामा आघात पुगिरहेको बताउनु भयो । उहाँले राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न प्रश्ताव गर्नुभयो ।
उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाउनु भयो । उहाँले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको बताउनु भयो ।