आज “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” पेस हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

आज “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” पेस हुँदै

काठमाडौं, १३ कात्तिक । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपरान्ह पौने पाँच बजे शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनुहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८÷७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० प्रश्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने र अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम ९४० बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);