रुपेश सराफको हत्या अभियोगमा महिला शिक्षिका पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

रुपेश सराफको हत्या अभियोगमा महिला शिक्षिका पक्राउ

वीरगञ्ज, १४ कात्तिक । बाराको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफको सोमबार गोली हानी हत्या भएको छ । सराफको हत्यामा सम्लग्न भएको आशंकामा एक महिला पक्राउ परेकी छिन् ।

महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । ती महिला र सराफको नजिकको सम्बन्ध रहेको हुन सक्ने अनुमान गरिएको छ ।

बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो । सोमबार दिउँसो उनीमाथि विद्यालय नजिकै गोली प्रहार भएको थियो ।

गोली लागी घाइते सराफको उपचारका क्रममा निधन भएको हो । कलैया घर भएका सराफमाथि २ राउण्ड गोली प्रहार भएको थियो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

३५ वर्षीय सराफले विद्यालय सञ्चालनमा निकै मिहेनत गरेका थिए । उनको विद्यालयले प्रगति पनि गर्दै गएको थियो । गत वर्ष मात्र विद्यालयले नयाँ बसहरु खरिद गरेको थियो ।

घटनास्थलमा गोलीको खोका र रगत बगेको देखिएको छ । गोली प्रहार गर्ने ४ जनाको समूह मोटरसाइकलमा आएका थिए । उनीहरुलाई पक्राउ गर्न सीमामा कडाई गरिएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);