विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, १३ कार्तिक ||
विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताउनु भयो । उहाँले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न नर्देशन दिएको बताउनु भयो । सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कार्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताउनु भयो । उहाँले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको बताउनु भयो । उहाँले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरु आएपनि यति लामो समय नलाग्ने बताउनु भयो । उहाँले उक्त क्षेत्रका संसदहरुसँग बसेर छुटै छलफल गर्ने बताउनु भयो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);