भारतीय खुद्रा बजारमा प्याजको मूल्य ५७ प्रतिशत बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

भारतीय खुद्रा बजारमा प्याजको मूल्य ५७ प्रतिशत बढ्यो

Onions

काठमाडौं, १३ कात्तिक । भारतीय खुद्रा बजारमा प्याजको मूल्य ५७ प्रतिशतसम्मले बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय बजारमा सरदर ५७ प्रतिशतसम्मले प्याजको मूल्यवृद्धि भएको छ ।

अक्टोबर २७ सम्मको अवधिमा उक्त प्रतिशतको मूल्यवृद्धिसँगै भारतीय बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ४७ भारु पुगेको छ । यो नेपाली मूल्यअनुसार प्रतिकिलो ७५ रुपैयाँ हुन आउँछ । अघिल्लो वर्षको यही अवधिमा भारतीय बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ३० भारु कायम थियो । जुन, यो वर्षको अक्टोबरको तुलनामा १७ भारु प्रतिकिलोले न्यून हो । उपभोक्ता मामिला मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न भण्डारणको प्याज बिक्रीमा ल्याउने निर्णय गरेको छ । भारतीय बजारमा मूल्यवृद्धिको असर नेपालको थोक बजारमा समेत देखिएको छ । दसैँताका थोक बजारमा प्रतिकिलो ७६ रुपैयाँसम्म बिक्री भइरहेको प्याजको मूल्य यति बेला १०७ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यो प्रतिकिलो ३१ रुपैयाँसम्मको मूल्यवृद्धि हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा हुने थोक बिक्रीमै मूल्य बढेपछि खुद्रा बजारमा झनै मूल्य बढेको छ । नेपालमा खपत हुने कूल प्याजमध्ये ९५ प्रतिशत प्याज भारतीय बजारमार्फत आपूर्ति हुन्छ । यस्तै, भारतबाट नेपाल आउने प्याजको मूल्य भन्सारमा प्रतिकिलो २५ भारु मूल्याङ्कन हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ । चालू आर्थिक वर्ष २०८०–८१ को दुई महिनाको अवधिमा भारतबाट ९५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको प्याज भित्रिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);