आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र साबिक विजेता इङ्गल्यान्डबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र साबिक विजेता इङ्गल्यान्डबीच प्रतिस्पर्धा

काठमाण्डौ, १२ कार्तिक आईसीसी एकदिवसीय विश्वकपमा अहिले घरेलु टोली भारत र साबिक विजेता इङ्गल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।
लखनउस्थित एकाना क्रिकेट स्टेडियममा जारी खेलका भारतले ब्याटिङ गरिरहेको छ । दुबै टोलीले जारी विश्वकपमा छैटौँ खेल खेल्न लागेका हुन् ।

हालसम्म आफूले खेलेको पाँचवटै खेलमा भारत विजयी भएको छ । यसको विपरीत अत्यन्तै निराशाजनक प्रदर्शन गरेको साबिक विजेता इङ्गल्यान्डले भने आफूले खेलेका पाँचमध्ये चार खेलमा हार भोगेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने इङ्गल्यान्डको सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ । जारी विश्वकपमा हालसम्म भारत एक मात्र अपराजित राष्ट्र पनि हो ।

विश्वकपको इतिहासमा हालसम्म दुई पटक मात्र साबिक विजेता राष्ट्र नकआउट चरणमा पुग्न असफल भएका छन् । सन् १९९२ को विश्वकपमा तत्कालीन साबिक विजेता अस्ट्रेलिया नकआउट चरणमा पुग्न असफल भएको थियो ।

यसका अतिरिक्त सन् १९९९ को विश्वकपमा तत्कालीन साबिक विजेता श्रीलङ्का नकआउट चरणमा पुग्न असफल भएको थियो । यतिबेला इङ्गल्यान्ड पनि सोही नियति भोग्ने सँघारमा देखिएको छ ।

हालसम्म इङ्गल्यान्ड र भारतबिच एक सय ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ५७ खेलमा भारत र ४४ खेलमा इङ्गल्यान्डले सफलता हात पारेका छन् । यी दुई राष्ट्रबिचको तीन खेल अनिर्णीत रूपमा र दुई खेल बराबरीमा सकिएका छन् । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);