केही स्थानमा आज हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

केही स्थानमा आज हिमपातको सम्भावना

काठमाडौं, १२ कात्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज २०८० कार्तिक १२ गते (आइतबार) । जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

महाशाखाको अनुसार आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

Leave a Reply