कस्तो रहला आज दिनभरको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम !

काठमाडौं, १४ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज २०८० कार्तिक १४ गते (मंगलबार) । आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको अनुसार आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । आज मंगलबार देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार