हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली घटनास्थलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली घटनास्थलमा

काठमाण्डौ, ११ कार्तिक
सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली खटाएको हो ।

शनिबार कुकुरसहितको विशेष टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट गएको कुकुरसहितको टोलीले मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि पठाएको बताइएको छ ।

शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएपछि अनुसन्धान थालिएको हो ।

उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिीक अनुसन्धानले देखाएको छ । वैदेशिक रोजगारीका लागि कतार गएका श्रीदेवीका श्रीमान दीपक बोहोरा घटनाबारे थाहा पाएपछि नेपाल फर्किएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार