टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

 टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाण्डौ, ११ कार्तिक
आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटका लागि शनिबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो । रोहित कुमार पौडेलको कप्तानीमा क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । घ

रेलु मैदानमा भएको त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा विश्राम लिएका सन्दीपसँगै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी पनि टोलीमा अटाएका छन् ।

टी–२० क्रिकेट त्रिकोणात्मक शृङ्खलाका लागि टोलीमा रहेका लोकेश बम, सूर्य तामाङ, मौसम ढकाल र सागर ढकाल बाहिरिुएका छन् । किर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय र मुलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतिस्पर्धा सोमबारदेखि सुरु हुने छ ।

नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);