काठमाण्डौ, ११ कार्तिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच भेट भएको छ ।
शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उहँहरुबीच भेट भएको हो ।
भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुग्नु भएको हो ।
भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।
साथै कार्तिक १२ गते नेपाल भ्रमणमा आउन लाग्नुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका बारेमा पनि छलफल भएको छ ।