सुनको मूल्यमा नयाँ रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाण्डौ, १० कार्तिक
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैं अघिको अन्तिम कारोबार ३ कात्तिकका दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ रिहेकोमा दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

दशैअघिको अन्तिम कारोबारका दिन प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा शुक्रबार पनि त्यहीभाउ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);