रि भोटिङ गर्न तयार रहेको एनआरएनए अध्यक्ष शर्माको भनाइ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

रि भोटिङ गर्न तयार रहेको एनआरएनए अध्यक्ष शर्माको भनाइ

काठमाडौं, ७ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनबाट असन्तुष्ट पक्षले गठान गरेको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ । राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले सोमवार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदभार ग्रहण गरेको हो ।

पदाधिकारीहरुले एक अर्कालाई बधाइ र खादा लगाइदिँदै काममा लागेको घोषणा समेत गरेको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्रकुमार शर्माले विगत केही वर्षदेखि संस्था कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने समूहको अहिले भण्डाफेर भएको उल्लेख गर्नुभयो । निर्वाचन प्रक्रिया तत्कालका लागि रद्द गर्ने सहमति भएको १२ घण्टा नबित्दै धाधँली भएको निर्वाचनबाट निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले गलत भएको प्रमाणित हुने शर्माको दाबी छ । उहाँले अझै पनि पुन मतदान गर्ने भए अझै तयार रहेको भन्दै उहाँले संस्थामा केही गुट र सिमित व्यक्तिको स्वार्थमा काम हुन नदिने स्पष्ट गर्नु भयो ।

११ औं महाधिवेशनमा मतदान प्रकृयामा धाँधली भएको भन्दै बिबाद हुँदा सबै प्रकृया रोक्ने सहमति विपरीत एउटा पक्षले सपथग्रहण गरेपछि अर्को पक्षले समानान्तर कार्यसमिति चयन गठन गर्दा अहिले एनआरएनएमा २ वटा समानान्तर कार्यसमिति बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);