गृहमन्त्री श्रेष्ठ डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज

काठमाडौं, ७ कात्तिक । चीनको भ्रमणमा रहेको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोमबार डिस्चार्ज गरिएको छ । चीनको बेइजिङस्थित पेचिङ अस्पतलमा पाँच दिनको उपचारपछि स्वास्थ्य लाभ गरी मन्त्री श्रेष्ठ सोमबार डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार मन्त्री श्रेष्ठ बुधवार स्वदेश फर्कनु हुने छ । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला हृदयाघात भए लगत्तै उहाँ लाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसअघि कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले बुधबार मात्रै स्वदेश फर्कनु भएको हो । मन्त्री श्रेष्ठले उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्नु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);