एनआरएनएको अध्यक्षमा शर्मा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

एनआरएनएको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं, ५ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके) निर्वाचित भएका छन् । गत असोज ३० गतेदेखि जारी महाधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कात्तिक २ गते भएको अनलाइन मतदानमा गम्भिर त्रुटी भएको भन्दै विरोध भएपछि शर्मालाई सर्वसम्मत रुपमा २०२३–२५ सम्मका लागि अध्यक्षमा चयन गरिएको हो । असोज २ गते भौतिक रुपमै उपस्थिति र अनलाइनमार्फत मतदान पछि आएको मत परिणाममा अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले असन्तुष्टि जनाएपनि निर्वाचन प्रक्रिया नयाँ ढंगले अघि बढाइएको हो ।

त्यसैगरी उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद र महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);