नागढुंगामा कार दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते, केएमसीमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

नागढुंगामा कार दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते, केएमसीमा उपचार हुँदै

काठमाडौँ, ३ कात्तिक । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एकै परिवारका बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल घाइते भएका छन् ।

उनीहरुको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);