एनआरएनएले राजनीतिक अधिकारमा पनि दाबी गरेपछि चौतर्फी आलोचना | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

एनआरएनएले राजनीतिक अधिकारमा पनि दाबी गरेपछि चौतर्फी आलोचना

काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली एनआरएनले २० वर्षदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी माग पूरा भएको छ । तर उनीहरुको अधिकारका सम्बन्धलाई लिएर भने चर्को मतभेद र विवाद पनि सतहमा आएको छ । त्यस्ता नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्थाका बारे सरोकारवाला पक्षबीच एकमत देखिएको छैन ।

पूर्वमन्त्री तथा नेकपा समाजवादीकी नेता रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरूलाई जोडेर दिएको यो अभिव्यक्तिबारे अहिले विभिन्न खाले टिप्पणीहरू भइरहेका छन ्। एनआरएनएको नेपालमा भएको ‘विश्व सम्मेलन’का क्रममा उनले मञ्चबाट ‘आक्रोशित भावमा’ दिएको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर भइरहेको छ । सम्मेलनका क्रममा एकजना सहभागीले मञ्चमा रहेका नेताहरूको आलोचना गर्दै सोधेको प्रश्नको जवाफमा झाँक्रीले उक्त अभिव्यक्ति दिएकी हुन् । त्यसक्रममा उनी र दर्शकदीर्घामा हरेका केही व्यक्तिबीच सवालजबाफ भएको सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर गरिएको भिडिओमा देखिन्छ ।

यो सवाल जवाफमा हालै सरकारले दिन सुरु गरेको एनआरएन नागरिकता र त्यस्ता नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्थाका सम्बन्धमा भएको हो । एनआरएनका नेताहरूले भने झाँक्रीको अभिव्यक्तिबारे टिप्पणी नगर्ने बताउँछन् । तर एनआरएनले राजनीतिक अधिकारसहितको नागरिकता पाउनुपर्ने आफूहरूको अडान रहेको उनीहरुको भनाइ छ ।

नागरिकतासम्बन्धी नेपालको कानुन र संविधान नागरिकताका हिसाबले निकै लचिलो देखिन्छ । तर एउटा गोजीमा एउटा देशको नागरिकता र पासपोर्ट अनि अर्को देशमा अर्को देशको नागरिकता र पासपोर्ट बोक्न पाउने व्यवस्थाप्रति आलोचना भइरहेको छ ।

नागरिकतासम्बन्धी कानुनअनुसार एनआएनहरुले नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने छैनन् भने सरकारी संयन्त्रमा पनि प्रवेश पाउँदैनन् । तर नेपालमा लगानी गर्न तथा सम्पत्ति खरिदबिक्री गर्न पाउनेछन् ।

आफ्ना नागरिकहरु विदेशमा वसोवास गरिरहेपनि पुँजी र प्रविधि भित्र्याएर स्वदेशको विकाशमा टेवा पुर्याउन सक्छन् भन्ने उद्देश्यले गैरआवासीय नागरिकताको विश्वव्यापी प्रचलन रहेको छ । नेपालको हकमा पनि गैर आवासीय नेपालीलाई नागरिकता दिने बाटो सरकारले खोलिदिएको छ । तर यसको दुरुपयोग हुनसक्ने खतरलाई नै होला राजनीतिक वृतमा यसबारे नयाँ बहस सुरु भएको पनि ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);