काठमाण्डौ, २ कार्तिक ||
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा पत्रकारहरु सँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले ति मुलुकहरुमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महशुस भएको बताउनु भयो । उहाँले तत्काल दुतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भएपनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको पनि बताउनु भयो । त्यस्तै विद्यमान दुतावासहरुको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उहाँले बताउनुभयो । उहाँले अप्ठ्यारो परेको अवस्थामा दुतावाससँग उद्धार गर्ने सामथ्र्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनु भयो । मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरुको समुह बनाएर काम गरिरहेको पनि बताउनु भयो ।
नेपालीहरु धेरै भएका देशहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था छः मन्त्री भण्डारी
ताजा समाचार
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
१७ घन्टा अघि
दलहरूकै कारण संसदले कानून बनाउन सकेन,सन्तोष परियार
१७ घन्टा अघि
ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
२१ घन्टा अघि