बिद्यार्थीद्धारा शिक्षक सम्मानित | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

बिद्यार्थीद्धारा शिक्षक सम्मानित

टीका खतिवडा ||
इलाम, २ कात्तिक ||

ईलाम स्थित भानुभक्त मावि मंगलबारेका बिद्यार्थीले शिक्षकलाई सम्मान गरेका छन् । २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेका हुन् । एक समारोह विच तत्कालिन १० जना शिक्षक र दुईजना शिक्षकहरुलाई खादा ओडाएर सम्मान पत्र सहित अबिर लगाएर सम्मान गरिएको हो ।
तत्कालिन मावि तर्फका शिक्षकहरु बिष्णुकुमार घिमिरे, जिवनप्रसाद दुलाल, नरबहादुर कार्की, प्रकाशचन्द्र खनाल, दिवानन्द दुलाल र पुर्णचन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रावितर्फका शिक्षकहरु तुलसीराम आचार्य, मुनादेवी श्रेष्ठ, यामलाल आचार्य र काशीराम चम्लागाइँलाई सम्मान गरिएको थियो । तत्कालिन बिद्यालयमा कार्यरत कर्मचारीहरु कृष्णबहादुर कार्की र पृयसागर सापकोटालाई समेत सम्मान गरिएको कार्यक्रम आयोजक समितिका घनश्याम गुरगाईले बताउनुभयो ।
बिद्यार्थी पुनरमिलन तथा गुरुसम्मान कार्यक्रम गर्दै सम्मान गरिएको थियो । साथै सो ब्याजका बिद्यार्थीहरुले एक लाखको अक्षय कोर्ष समेत स्थापना गरेका छन् । अक्षय कोर्षबाट वार्षिक रुपमा दुई जना बिषयगत शिक्षलाई पुरस्कृत गरिने जनाइएको छ ।
धेरै लामो समयपछि तत्कालिन बिद्यार्थीहरुसमेत बिभिन्न पेशामा देशका बिभिन्न क्षेत्रमा छरिएर रहेपनि कार्यक्रमको अवसरमा भेट हुन पाएको भन्दै खुसी साट्न पाएकोका प्रफुल्लित थिए । धेरै लामो समयपछि तत्कालिन विद्यार्थी मात्र नभई शिक्षकहरुले समेत भेटघाट सहित खुसी साटासाट गर्न पाएका थिए ।
लामो समय अघिका बिद्यार्थीले सम्मान सहित सम्झीएको भन्दै पूर्व प्रधानाध्यापक तथा हाल विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले सम्मान गर्ने विद्यार्थी प्रति आभार प्रकट गर्नु भएको थियो । उहाँले यो राम्रो कार्यको थालनी भएको बताउनुभयो । कार्यक्रम संयोजक लक्ष्मण ढुंगेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक वासुदेव कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा.नरेन्द्र कट्वालले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);