नवरात्रको पाँचौ दिन आज, स्कन्दमाताको पूजाआजा गरेर मनाइदै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नवरात्रको पाँचौ दिन आज, स्कन्दमाताको पूजाआजा गरेर मनाइदै

काठमाडौं,२ कात्तिक । नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ । दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो । नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा बिहीबार पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने स्कन्दमाता पद्मासन सहित सिंहमा सवार हुने शास्त्रीय कथन छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी स्कन्दमाताको वर्ण पनि सूर्यकै जस्तै हुन्छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन् । उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);