बन्दीपुरमा भेटियो प्लास्टिकको चामल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

बन्दीपुरमा भेटियो प्लास्टिकको चामल

काठमाडौं, २ कात्तिक । तनहुँको बन्दीपुरमा प्लास्टिकको चामल भेटिएको छ । बन्दिपुर–२ कुवादीका एक स्थानीयले किनेर ल्याएको चामलमा प्लास्टिकको भएको पाइएको हो । क्यान्सर पीडित समेत रहेका ती व्यक्तिले एक बोरा चामल किनेर घरमा लगेका थिए, करिब आधा बोरा खाइसकेपछि शंका लागेर हेर्दा प्लास्टिकको भएको पुष्टि भएको हो ।

प्लास्टिकको चामल भएको आशंकापछि तत्कालै बन्दीपुर गाउँपालिकालाई खबर गरेपछि पुगेको अध्यक्ष सुरेन्द्र थापासहितको टोलीले बुधबार सो चामलबारे छानबिन गर्न अनगुमन समिति गठन गरेको प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नै कर्मचारी शाखा प्रमुखसमेत रहेका दिनेश पौडेललाई अनुगमन संयोजकको तोकेको छ ।

कुवादीका ती व्यक्तिले केही दिन पहिले स्थानीय व्यापारी एउटा सस्तो पसलबाट चामल किनेर लगेको बताएका छन् । बिहीबार बस्ने पालिका कार्यपालिकाको बैठकमा प्लास्टिकको चामल भेटिएको बारे ब्यापक छलफल गरिने र सोही निर्णय अनुसार कारबाही प्रक्रिया अघि बढाउने अधिकृत हमालको भनाइ छ । ‘हामीले हेर्दा चामल प्लास्टिकै जस्तै देखिन्छ, खाद्य विभाग तिर भने कुरा गरेका छैनौं ।’–हमालले भन्नुभयो ।

Leave a Reply