गैरआवासीय नेपालीले नागरिकता लिएपछि के के गर्न पाउँछन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गैरआवासीय नेपालीले नागरिकता लिएपछि के के गर्न पाउँछन् ?

nagarikata

काठमाडौं, ३० असोज । आजदेखि नेपाल सरकारले गैरआवासीय नेपाल (एनआरएन)लाई नागरिकता वितरण गर्ने भएको छ । एनआरएनको सम्मेलनको सन्दर्भ पारेर आज प्रधानमन्त्री प्रचण्डले नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि नागरिकता सम्बन्धि ऐनको दफा ७ (क) १ अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थाअनुसार नागरिकता पाएपछि उनीहरुले राजनीति गर्न,सरकारी पदमा बस्न र भोट हाल्न अधिकार पाउछन् ।

उनीहरुले नेपाली नागरिकता प्राप्त गर्न निवेदक वा उनका आमा बुवा, हजुरबुवा हजुरआमा साविकमा नेपालको नागरिक रहेको पुष्टि हुने प्रमाण पेस गर्नुपर्छ । यो भन्दा पहिला नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण,विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्छ ।

प्रचण्डको सचिवालयको अनुसार एनआरएनका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको हो । उनीसँगै पदाधिकारीलाई पनि गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने बुझिएको छ । नागरिकता प्राप्त गरेपछि उनीहरुले ईश्वर,देश र जनताको नाममा शपथ लिनुपर्ने हुन्छ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था गरेको हो भने गत जेठ १७ गते नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);