काठमाडौं, २९ असोज ||
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टाउने शक्तिहरू परास्त गरेरै छाड्ने जिकिर गर्नु भएको छ । परिवर्तनबाट प्राप्त उपलब्धिलाई विभिन्न रुपमा उल्ट्याउने षड्यन्त्र भइराखेकाले ती तत्वहरूलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको हो । सुदूरपश्चिम समाजवादी मोर्चाले सोमबार गरेको सन्देश सभामा उहाँले प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई परास्त गर्न फेरि समाजवादी पार्टीहरू एकजुट हुनुपर्ने बताउनु भयो । समाजवादीहरू शक्तिहरू एकजुट हुन नसके त्यस्ता प्रवृत्तिले टाउको उठाउन सक्ने खतरा रहेको उहाँको जिकिर छ ।