एजेन्सी, २९ असोज ||
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताउनुभएको छ । सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताउनु भयो ।
अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छः अर्थमन्त्री महत
ताजा समाचार
दुुधौली नगरपालिका
५२ मिनेट अघि
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१७ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१८ घन्टा अघि